Government of Nepal
Ministry of Industry, Commerce & Supplies
Singhadurbar, Nepal

Press Releases

News & Notices

Media Center

Events

22
May

संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालय (UN-OHRLLS) को संयुक्त आयोजनामा १ देखि ३ जेष्ठ २०७५ मा कजाकस्तानको अस्तनामा आयोजना भएको भू-परिवेष्ठित विकासोन्मुख मुलुकहरुको व्यापार, व्यापार सहजीकरण र सहस्राब्दी विकास लक्ष्यमा व्यापार र व्यापार सहजीकरणको महत्व सम्वन्धी बैठकमा वाणिज्य तथा आपूर्ति सचिव श्री चन्द्र कुमार घिमिरेको नेतृत्वमा नेपालको सहभागिता ।

By : Admin

प्रेस विज्ञप्ति

कजाकस्तान सरकार र अति कम विकसित भू-परिवेष्ठित तथा विकासोन्मुख साना टापु राष्ट्रहरुका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालय (UN-OHRLLS) को संयुक्त आयोजनामा १ देखि ३ जेष्ठ २०७५ मा कजाकस्तानको अस्तनामा आयोजना भएको भू-परिवेष्ठित विकासोन्मुख मुलुकहरुको व्यापार, व्यापार सहजीकरण र सहस्राब्दी विकास लक्ष्यमा व्यापार र व्यापार सहजीकरणको महत्व सम्वन्धी बैठकमा वाणिज्य तथा आपूर्ति सचिव श्री चन्द्र कुमार घिमिरेको नेतृत्वमा नेपालले सहभागिता जनाएको छ ।

“Importance of transport connectivity and trade facilitation for achievement of SDGs in LLDCs” थिम रहेको उक्त कार्यक्रममा  Fostering the achievement of the SDGs in LLDCs, Exchange of views on national experiences incorporating transport connectivity and trade facilitation for the achievement of the SDGs, Promotion of the structural transformation, diversification and value addition LLDCs, and promotion of international trade in LLDCs and enhancing the implementation of the WTO Trade Facilitation Agreement लगाएतका session सञ्चालनमा रहेका थिए । उक्त session पश्चात Astana Economic Forum अन्तर्गतको कार्यक्रम Briefing on the WTO Trade  Facilitation Agreement and on developments in the trade arena after the 11th WTO ministerial conference सम्वन्धी कार्यक्रम सञ्चालन भएको र उक्त कार्यक्रममा समेत नेपालले आफ्नो भनाइ राखेको थियो ।

उक्त मन्त्रीस्तरीय सम्मेलन, Thematic Session र अन्य कार्यक्रममा नेपालले मुख्यरुपमा देहायका विषयहरु राखेको थियो ।

(क) सम्मेलनले भियना प्रोग्राम अफ एक्सन, व्यापार सहजीकरण सम्झौता र सहस्रान्दी विकास लक्ष्य सम्वन्धी कार्यक्रम र संझौताको प्रगति समीक्षा र पुनरावलोकन गरी भूपरिवेष्ठित विकासोन्मुख मुलुकले अपनाउनुपर्ने रणनीति सम्बन्धमा मार्गनिर्देश गर्ने ।

(ख) व्यापार र पारवहनका क्षेत्रमा विशेषगरी LLDCs ले भोगिरहेका जटिल समस्याका कारण भू-परिवेष्ठित विकासोन्मुख मुलुकहरुको प्रतिष्पर्धि क्षमता ह्यस हुँदै गइरहेको र व्यापार लागत उच्च  रहेको।

(ग) नेपालले भू-परिवेष्ठित विकासोन्मुख मुलुककोरुपमा खासगरि  Narrow production base, Low productivity, insufficient connectivity, high transport cost जस्ता समस्या भोगिरहेको र यी समस्याको समाधानको लागि VPOA, TFA र SDGs  प्रभावकारी रुपमा कार्यान्वयन        गर्नुपर्ने ।

(घ) सुरक्षित, भरपर्दो र प्रभावकारी पारवहन र यातायात प्रणालीले व्यापारको लागत घटने हुँदा व्यापार सहजीकरण र व्यापारजन्य पूर्वाधार निर्माणमा खासगरि Cross Boarder Connectivity का  क्षेत्रमा प्राथमिकता दिनुपर्ने ।

(ङ) नेपालले व्यापार सहजीकरण संझौता अन्तरगतको Category B,C को सूचना विश्व व्यापार संगठनमा पठाईसकेकोले  Category C को कार्यान्वयनमा संझौताअनुरुप सहयोग (अनुदान) प्राप्त हुनुपर्ने ।

(च) नेपाल राजनैतिक संक्रमणकाल पार गरी आर्थिक संम्वृद्धि र सुशासन अभियानतर्फ अघि बढीरहेको सन्दर्भमा व्यापार सहजीकरण, व्यापार जन्य पूर्वाधार निर्माण र सहस्राब्दी विकास लक्ष्यको कार्यान्वयन मार्फत उक्त अभियान हासिल गर्न सन् २०१६ देखि निरन्तर प्रयासरत रहेको ।

(छ) बहुपक्षीय व्यापार प्रणाली अन्तरगत LLDCs का मुद्धाहरुले विशेष प्राथमिकता पाउनुपर्ने र विकास साझेदारीहरुले LLDCs का चासो र प्राथमिकतालाई संवोधन गर्न विशेष प्राथमिकता दिनुपर्ने ।

(ज) नेपालले खासगरि व्यापारजन्य पूर्वाधार निर्माण, भन्सार आधुनिकीकरण योजना (२०१७-२०२१), e-commerce, वैकल्पिक वन्दरगाहको प्रयोग अतिरिक्त पारवहन सुविधा लगायतका विषयलाई प्राथमिकताका साथ अगाडी बढाएको ।

उक्त मन्त्रीस्तरीय सम्मेलनले सम्मेलनको अन्तमा २३ वुँदाको Astana Ministerial Declaration  जारी गरेको छ ।

प्रकाशित मिति: २०७५/०२/०८

 

बैठकसँग सम्बन्धित थप जानकारी:

Astana Ministerial Declaration

Statement delivered by Secretary for Commerce and Supplies at the ministerial meeting of Landlocked Developing Countries on trade and transport Astana, Kazakhstan, 15-17 may, 2018