Government of Nepal
Ministry of Industry, Commerce & Supplies
Singhadurbar, Nepal

Press Releases

News & Notices

Media Center

Events

04
May

चीनको गोन्जाओमा मे १, २०१८ का दिन शुरु भएको विश्वकै सबैभन्दा ठूलो China Import and Export Fair (Canton Fair) को १२३ औ श्रृंखलामा नेपालको सहभागिता ।

By : Admin

प्रेस विज्ञप्ति
मिति २०७४।१।१८
 
आज मिति २०७५।१।१८ तदनुसार मे १, २०१८ का दिन चीनको गोन्जाओमा शुरु भएको  विश्वकै सबैभन्दा ठूलो China Import and Export Fair(Canton Fair) को १२३ औ श्रृंखलामा नेपाल  सहभागि भएको छ । यस मेलामा नेपाली उद्योगी÷व्यवसायीहरुको सहभागिताबाट चीन लगायत अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुुलाई प्रवर्द्धन गर्न उल्लेखनीय सघाउ पुुग्ने अपेक्षा गरिएको छ । 
 
करिब १०० भन्दा बढी देशको प्रतिनिधित्व हुने यस विशाल मेलामा नेपालको अलावा चीन,  दक्षिण कोरिया, थाइल्याण्ड, मलेशिया, जर्मनी, संयुक्त राज्य अमेरिका, फ्रान्स, टर्की, भारत लगायतका मुुलुुकहरुको उल्लेख्य सहभागिता रहेको छ । करिब ११ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको विश्वकै ठूलो यस प्रदर्शनीस्थलमा आयोजक चीन बाहेकका राष्ट्रहरुलाई International Pavilion मा राखिएको छ । यस मेलामा करिब २ लाख दगथभच हरुले अवलोकन  गर्ने मेला आयोजकको भनाई रहेको छ । नेपालले मेलामा पश्मिनाजन्य वस्तुहरु, जडिबुटिका सुगन्धित तेल, सिंगिङ बाउल, चांदीका गरगहना, हस्तकलाका सामानहरु, नेपाली हातेकागजबाट बनेका सामानहरु तथा नेपाली अचारको प्रतिनिधित्व गर्ने नेपाली उद्योग/फर्महरुलाई सहभागि गराईएको छ । 
 
मेलामा नेपालका कटन क्राफ्ट, पाटन ज्वेलरी एण्ड इन्टरप्राइजेज, हारती उलन निटवेयर्स प्रा.लि., हिमालयन वायो ट्रेड प्रा.लि., नेपाली मन उद्योग, नेपाल हव्र्स एण्ड हर्बल प्रोडक्ट्स एशोसिएसन र महिला उद्यमी महासंघका सातवटा स्टल रहेका छन् । मेलामा नेपालको सहभागिताबाट नेपालको मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान दिलांउदै निकासीमा अभिवृद्धि गर्ने उद्धेश्य राखिएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाली महावाणिज्य दुतावास गोन्जाओ चीनको सहयोग एवं व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको संयोजनकारी भूमिकामा नेपाली उद्योगी/व्यवसायीहरुलाई मेलामा सहभागि गराईएको हो ।
 
उक्त मेलामा नेपाली उद्योगी/व्यापारीहरुको स्टलको समुद्घाटन नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री तोयनारायण ज्ञवाली र नेपाली महावाणिज्य दुतावास गोन्जाओका महावाणिज्यदूत श्री रबि भट्टराईज्यूले संयुक्त रुपमा रिबन काटेर गर्नुभएको थियो । मेलामा नेपाली उद्योगी/व्यापारीहरुको व्यवस्थापन तथा सहजिकरण गर्ने कार्यमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव श्री प्रेमप्रसाद आचार्य र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका उपनिर्देशक श्री सिद्धिचरण दाहाल समेत खटिनु भएको छ । मेलाको उदघाटनको अवसरमा गोन्जाओ स्थित स्थानीय नेपाली उद्योगी/ब्यवसायीको समेत उल्ल्ोख्य उपस्थिति रहेको र उद्घाटन पश्चात नेपाली वस्तुलाई अन्तराष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि लिनुुपर्ने रणनीतिका बारेमा समेत छलफल भएको थियो । 
 
मे ५ अर्थात वैशाख २२ गतेसम्म संचालन हुने उक्त मेलामा प्रदर्शनमा राखिएका नेपाली बस्तुुहरुको उल्लेख्य रुपमा माग हुने र उक्त मागलाई पूर्ति गर्न उद्योगी/व्यवसायीहरु सक्षम भएमा नेपालको व्यापार घाटा कम गर्न सघाउ पुुग्ने अपेक्षा गरिएको छ । विशाल जनसंख्या भएको मुलुक चीनको माग र आवश्यकता बमोजिम नेपाली वस्तु निर्माण गरी निर्यात गर्न सकेमा मुलुकको निर्यात व्यापारले फड्को मार्न सक्ने कुरामा विश्वस्त हुन सकिन्छ । यसका लागि  निर्यात संभावनायुक्त वस्तु तथा सेवाहरुको न्यूनतम लागतमा उच्च गुणस्तर सहित अधिक उत्पादन गर्ने रणनीति अख्तियार गर्दै जानुपर्ने र यस्ता मेलाहरुमा नेपाली व्यापारीहरुलाई बढीभन्दा बढी सहभागिता गराउनुपर्ने आवश्यकता समेत रहेको छ । 
 
कार्यक्रमका केही तस्बीरहरु