Government of Nepal
Ministry of Industry, Commerce & Supplies
Singhadurbar, Nepal

Press Releases

संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालय (UN-OHRLLS) को संयुक्त आयोजनामा १ देखि ३ जेष्ठ २०७५ मा कजाकस्तानको अस्तनामा आयोजना भएको भू-परिवेष्ठित विकासोन्मुख मुलुकहरुको व्यापार, व्यापार सहजीकरण र सहस्राब्दी विकास लक्ष्यमा व्यापार र व्यापार सहजीकरणको महत्व सम्वन्धी बैठकमा वाणिज्य तथा आपूर्ति सचिव श्री चन्द्र कुमार घिमिरेको नेतृत्वमा नेपालको सहभागिता । चीनको गोन्जाओमा मे १, २०१८ का दिन शुरु भएको विश्वकै सबैभन्दा ठूलो China Import and Export Fair (Canton Fair) को १२३ औ श्रृंखलामा नेपालको सहभागिता । आ.व. २०७४/७५ को दोस्रो चौमासिक अवधिमा भएका मुख्य मुख्य कार्यहरुको प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठक सम्पन्न । विश्व व्यापार प्रणालीको स्थानीयकरण र स्थानीय तहको निर्यात सम्भावना सम्बन्धी कार्यक्रम सम्पन्न । H.E. Mr. Pete Budd, Ambassador of Australia to Nepal, paid a courtesy call on Hon'ble Matrika Prasad Yadav, Minister for Industry, Commerce and Supplies (16 April 2018)

News & Notices

Media Center

Events

22
Apr

आ.व. २०७४/७५ को दोस्रो चौमासिक अवधिमा भएका मुख्य मुख्य कार्यहरुको प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठक सम्पन्न ।

By : Admin

नेपाल सरकार

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय

(वाणिज्य)

प्रेस विज्ञप्ति

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्तर्गतका निकायहरुबाट चालू आर्थिक वर्ष २०७४/७५ को दोस्रो चौमासिक अवधिमा भएका मुख्य मुख्य कार्यहरुको प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठक माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री मातृका प्रसाद यादवज्यूको अध्यक्षतामा मिति २०७५/०१/०९ गते सम्पन्न भयो ।

नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय एकिकृत भइसकेको तर चालू आ.व. को स्वीकृत वार्षिक बजेट अलग-अलग भएको हुँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट दोस्रो चौमासिक अवधिमा सम्पादन गरिएका प्रमुख कार्यहरुका सम्बन्धमा अलग-अलग प्रस्तुती भएको थियो भने माननीय मन्त्रीज्यूबाट उठाउनु भएका जिज्ञासाहरुका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवज्यूहरु तथा सम्बन्धित विभागीय प्रमुख तथा आयोजना प्रमुखहरुले स्पष्ट पार्नुभएको थियो ।

उक्त वैठकमा मुख्य गरि निम्न विषयहरुका सम्बन्धमा प्रस्तुतीकरण भएको थियो ।

  • नेपाल सरकार कार्य विभाजन नियमावली ,२०७४ मा वाणिज्य क्षेत्र 
  • नेपाल सरकारको नीति तथा कार्यक्रमको प्रगती विवरण 
  • आ.ब २०७४।७५ को बजेट वक्तव्यमा उल्लेखित नीति तथा कार्यक्रमको प्रगति विवरण
  • विकास आयोजनाहरुको समग्र भौतिक तथा वित्तिय प्रगति 
  • आ.व. २०७४।७५ को दोश्रो चौमासिक अवधिमा मन्त्रालय र अन्तर्गत निकायहरुको बजेट र खर्च स्थिति साराँश 
  • दोश्रो चौमासिकका मुख्य मुख्य उपलब्धीहरु 
  • मन्त्रालय र अन्तर्गत निकायहरुको बेरुजु फर्छौटको स्थिति
  • राष्ट्रियस्तर विकास समस्या समाधान समिति (NDAC) को ४१ औं बैठकको निर्णय र कार्यान्वयनको अवस्था
  • वाणिज्य क्षेत्रमा देखिएका मुख्य समस्याहरु
  • मन्त्रालयस्तर विकास समस्या समाधान समितिबाट (MDAC)  बाट निर्णय हुनु पर्ने विषयहरु

 

वाणिज्य विभाग, वाणिज्य कार्यालयहरु, व्यापार सूचना तथा निर्यात सहयोग आयोजना, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना, दोस्रो चौमासिक अवधिमा सम्पादित मुख्य मुख्य कार्यहरुः

  • निकासी पैठारी ऐन, २०१३ लाई संशोधनका लागि मस्यौदा तर्जुमा गरिएको ।
  • नेपालको संविधान, २०७२ मा व्यवस्था भए बमोजिम दलित, सिमान्तकृत तथा आर्थिक रुपले विपन्न वर्ग, महिला वर्गलाई उद्यम व्यवसाय स्थापना तथा सञ्चालनमा सहुलियत प्रदान गरी उत्प्रेरित गर्न अधिकृत पूँजी रु. १ करोड सम्मको प्राईभेट फर्म दर्ता गर्दा रु.१००।- मात्र दर्ता शुल्क लाग्ने व्यवस्थाका लागि प्राईभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ लाई एघारौं संशोधन गरिएको ।
  • नेपालबाट निर्यात हुने वस्तुहरु मध्ये चिया¸ कफि¸ हाते कागज र अलैंचीको निर्यात भई कार्यान्वयनमा रहेको ।
  • महत्वपूर्ण व्यावसायिक व्यक्ति छनौट, सम्मान तथा सुविधा सम्बन्धी कार्यविधि, २०७४ नेपाल सरकार मन्त्रिपरिषद्‍बाट स्वीकृत भई कार्यान्वयनमा आएको ।
  • बढ्दो व्यापार घाटालाई कम गर्ने विषय अन्तरसम्बन्धित विषय भएकोले  यसमा प्रत्यक्ष संलग्न भएका  १६ वटा विभिन्न मन्त्रालय र निकायहरुले समन्वयात्मक रुपमा गर्नुपर्ने जिम्मेवारीहरु सहित व्यापार घाटा न्यूनीकरण गर्नको लागि यस सम्बन्धी कार्ययोजना¸२०७४ को मस्यौदा तयार गरिएको ।
  • निर्यातमा दिईने नगद अनुदान (Cash Incentives) लाई समयानुकूल परिमार्जन गर्ने सम्बन्धमा मस्यौदा तर्जुमा गरिएको ।
  • बिरगञ्जस्थित ICP निर्माण सम्पन्न भई मिति २०७४/१२/११ मा नेपाल तथा भारत दुवै देशका सम्माननीय प्रधानमन्त्रीज्यूहरुबाट संयुक्त रुपमा उद्‌घाटन भई संचालनमा आएको ।
  • रसुवाको टिमुरेमा निर्माणाधिन सुख्खा बन्दरगाहको लागि आवश्यक जग्गाको अधिग्रहण तथा मुआव्जा वितरण भई  Detail Design  तयार गर्ने कार्य भइरहेको ।
  • काठमाण्डौको चोभारमा Container Freight Station र अन्तराष्ट्रिय प्रदर्शनी स्थल निर्माणको लागि International Bidding को लागि सूचना प्रकाशित भएको ।
  • आगामी दिनहरुमा व्यापार मार्फत राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न सवै प्रदेशहरुलाई सबलीकरण गर्न सवै प्रदेशहरुमा १/१ वटा अन्तर्राष्ट्रिय स्तरको Trade Expo Center निर्माण गर्ने निर्णय गरिएको ।
  • ब्यापार सहजीकरण र पूर्वाधार विकास सम्वन्धी Nepal - India Regional Trade and Transport Project (NIRTTP) आयोजना  अन्तर्गत विश्व बैकको ऋण सहायतामा व्यापार पूर्वाधार सुधार गर्ने उद्देश्यले नारायणगढ- मुग्लिङ्ग सडक खण्ड ३३ किलोमिटर लाई ४ लेन बनाउने र आवश्यक नयाँ पूलहरु निर्माण गर्ने कार्य अन्तिम चरणमा रहेको ।
  • Plant Diagnostic Reference ल्यावको स्थापना सम्बन्धी कार्यको लागि बोलपत्र प्रकियामा रहेको ।
  • नेपाल र चीन बीच पारवहन सुविधाको उपयोगको लागि पारवहन, ढुवानी संझौता सम्पन्न भई यसको कार्यान्वयनको लागि आवश्यक पर्ने प्रोटोकलको मस्यौदा तयार गरी परराष्ट्र मन्त्रालय मार्फत चीनिया पक्षलाई उपलब्ध गराइएको ।
  • नेपालको Transit Cargo लाई छिटो छरितो र लागत किफायती बनाउने सम्बन्धमा Asian Development Bank को सहयोगमा भारतको कोलकाता बन्दरगाहबाट नेपालको प्रमुख भन्सार नाकाहरुसम्म आवतजावत हुने कन्टेनरमा Electronic Cargo Tracking System-ECTS को कार्यविधि र Modality, (Protocol) तयार गरी नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत भएको ।
  • अन्तराष्ट्रिय बजारमा नेपाली कफिको बजार पहुँच बृद्धि गर्न नर्वे¸ सिंगापुर¸ न्यूजिल्याण्ड¸ अस्ट्रेलिया र अमेरिकामा नेपाली कफिको ट्रेडमार्क दर्ता गर्ने कार्य सम्पन्न गरिएको ।
  • अन्तराष्ट्रिय बजारमा नेपाली अलैंचीको बजार प्रवर्द्धन गर्नको लागि  भारत, पाकिस्तान र संयुक्त अरव इमिरेट्समा  नेपाली अलैंचीको सामुहिक व्यापार चिन्ह (Collective Trade Mark)  दर्ता गरिएको ।
  • विभिन्न राष्ट्रिय एवं अन्तराष्ट्रिय व्यापार मेलाहरुमा नेपालको सहभागिता रहेको
  • अलैंची¸ अदुवा¸ पश्मिना र कृषिजन्य वस्तुहरुको उत्पादन विकास र प्रवर्द्धनका लागि प्रविधि हस्तान्तरण¸ भण्डारण सुविधा,  प्रशोधन केन्द्र स्थापनामा आर्थिक सहयोग¸ प्राविधिक तालिम जस्ता कार्यक्रमहरु देशका विभिन्न जिल्लाहरुमा सञ्चालन गरिएको ।
  • व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रबाट विभिन्न किसिमका वस्तु विकास तथा सीप विकास सम्बन्धी तालिमहरु प्रदान गरिएको ।
  • नेपाल हस्तकला महासंघको लागत साझेदारीमा हस्तकला बजार  प्रवर्द्धनको लागी काठमाडौंमा मसिर १-५ २०७४ सम्म २०० स्टल मा सहयोग गरी ५ करोड बरावरको कारोवार भई मेला सम्पन्न ।
  • व्यावसायिक फर्म दर्ता प्रणालीलाई वैज्ञानिक र व्यवस्थित बनाउन Firm Management Information System (FMIS) संचालन गरिएको ।
  • वाणिज्य विभाग¸ ५ वटा वाणिज्य कार्यालयहरु तथा ४५ वटा घरेलु तथा साना उद्योग कार्यालय तथा समितिका कार्यालयहरुको करीव ४,७५,७२८ फर्महरुको तथ्यांक प्रविष्टीकरण तथा व्यावसायिक फर्मको अभिलेखलाई एकीकृत गरिएको ।
  • Online Registration and Management System  संचालन तथा सफ्टवेयर निर्माण गर्ने  कार्यको टेण्डर प्रक्रियामा रहेको ।
  • A compendium of Nepalese Transit Treaties र Glossary of International Trade Terminology and Acronyms  नामक पुस्तकहरु प्रकाशन गरिएको ।
  • नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लि. को  शाखा कार्यालय कोलकत्ताको C.G.R. रोडमा CFS निमार्ण गर्न कोलकत्ता महानगरपालिकामा online System बाट अन्तिम नक्सा पेश गरिएको ।

उक्त अवसरमा माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यूबाट उद्योग¸वाणिज्य तथा आपूर्ति मन्त्रालय आर्थिक विकासको केन्द्र विन्दु भएको मन्त्रालय भएको हुँदा यस मन्त्रालयले उत्पादन बृद्धिमा विशेष जोड दिनुका साथै मन्त्रालय अन्तरगतका कर्मचारीको अनुभव र क्षमतालाई सृजनशिल र उत्पादनशिल बनाउन र उद्योग स्थापना दिवस मनाउन निर्देशन दिनुभइ बैठकको समापन गर्नुभएको थियो  ।

प्रकाशित मिति: २०७५/०१/०९

कार्यक्रमका केहि तस्विरहरु