Government of Nepal
Ministry of Industry, Commerce & Supplies
Singhadurbar, Nepal

Press Releases

व्यापार नीति पुनरावलोकन ( Trade Policy Review) सम्वन्धी दोस्रो मिसनसंगको छलफल सम्पन्न । The second Consultative Meeting on the Protocol to the Transit Transport Agreement between Nepal and PR China held in Beijing on 10-11 July 2018 Nepal-UAE Joint Press Release on the 1st Commerce/Trade Secretary Level Trade and Investment Cooperation Meeting held on 25 June 2018 in Kathmandu 4th Nepal-Bangladesh Commerce Secretary Level Meeting held on 30-31 May 2018 in Kathmandu संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालय (UN-OHRLLS) को संयुक्त आयोजनामा १ देखि ३ जेष्ठ २०७५ मा कजाकस्तानको अस्तनामा आयोजना भएको भू-परिवेष्ठित विकासोन्मुख मुलुकहरुको व्यापार, व्यापार सहजीकरण र सहस्राब्दी विकास लक्ष्यमा व्यापार र व्यापार सहजीकरणको महत्व सम्वन्धी बैठकमा वाणिज्य तथा आपूर्ति सचिव श्री चन्द्र कुमार घिमिरेको नेतृत्वमा नेपालको सहभागिता ।

News & Notices

Media Center

Events

08
Apr

ओखलढुङ्गा र खोटाङ्ग जिल्लामा संचालित अदुवा र अलैंची सम्बन्धी कार्यक्रमको अनुगमन तथा निरीक्षण र सुनसरी जिल्लाको धरानमा निर्यात सम्भाव्यता सम्बन्धी अन्तर्क्रिया कार्यक्रम ।

By : Admin

नेपालको निर्यात प्रवर्द्धन एवं आयात व्यवस्थापन तथा समग्र व्यापार क्षेत्रको विकास, विस्तार, विविधीकरण र प्रवर्द्धन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न नीति, रणनीति एवं कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ । नेपाल व्यापार एकीकृत रणनीतिले निर्यात सम्भावनाका रुपमा पहिचान गरेका वस्तुहरुको उत्पादन र विकास सम्वन्धमा विभिन्न जिल्लामा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र मार्फत कार्यक्रमहरु सञ्चालित छन् ।

उक्त कार्यक्रम बमोजिम ओखलढुङ्गा र खोटाङ्गमा सञ्चालित अदुवाको विउ वितरण, अदुवा भण्डारण निर्माण र सोलार ड्रायर वितरण कार्यक्रमको प्रगति एवं प्रभावका सम्वन्धमा अनुगमन एवं निरीक्षण गर्न यस मन्त्रालयका सह-सचिव श्री तोयनारायण ज्ञवालीको नेतृत्त्वमा चार सदस्यीय अनुगमन टोली मिति २०७४/१२/१६ मा त्यसतर्फ प्रस्थान गरी अनुगमन तथा छलफल सम्पन्न गरेको छ । त्यसैगरी  २०७४/१२/१९ मा सुनसरीको धरानमा सुनसरीका निर्यात सम्भाव्यता, व्यापार सम्वद्ध मुद्धाहरु र सम्पादन गर्नुपर्ने कार्यहरु सम्वन्धमा वृहत छलफल कार्यक्रम सम्पन्न भएको छ ।

ओखलढुङ्गा र खोटाङ्ग जिल्ला अदुवा र अलैंचीको लागि उच्च सम्भावनायुक्त क्षेत्रको रुपमा रहेका छन् । स्थलगत रुपमा अध्ययन गर्दा अदुवाको उत्पादन वृद्धि उल्लेख्य देखियो । ओखलढुङ्गामा चिराइतो प्रशोधन केन्द्र निर्माण भएको तर उक्त भवन प्रशोधन कार्यमा  प्रयोगमा आउन नसकेको देखियो ।उक्त भवनमा अदुवा प्रशोधन प्लान्ट स्थापना गरी सञ्चालनका लागि थप आर्थिक तथा  प्राविधिक सहयोगको माग व्यवसायीहरुबाट भएको छ ।त्यसैगरी खोटाङ्ग जिल्लामा परम्परागत अदुवा भण्डारण केन्द्र निर्माण कार्य सम्पन्न भएको  र सो केन्द्रको प्रभाव अत्यन्त सकारात्मक रहेको देखियो । यद्यपि स्थानीय उत्पादनले वजार नपाँउदा कृषकहरु निरुत्साहित हुने हुदाँ आगामी दिनमा स्थानीय स्तरमा अदुवा प्रशोधन प्लान्ट स्थापना र संचालन तथा  बजार पहुँचमा थप  ध्यान दिनुपर्ने स्थानीय किसान एवं व्यवसायीको माग रहेको छ ।

त्यसैगरी धरान उपमहानगरपालिकाका प्रमुख, स्थानीय सरकारी निकायका अधिकारी, सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारी, विज्ञ, पत्रकार, उद्योगी/व्यवसायी लगायत करीव ५० जनाको उपस्थितिमा सुनसरी जिल्लाको निर्यात सम्भाव्यता सम्वन्धि सम्पन्न अन्तर्क्रिया कार्यक्रम अत्यन्त उपलव्धिमूलक रहयो । यस जिल्लाको सम्भावना, चुनौती, भएका प्रयास, गर्नुपर्ने सुधार सम्वन्धमा छलफल भयो ।सुनसरी जिल्लामा जडिवुटी, चिराइतो, हस्तकलाका सामान, अदुवा, वेसार तथा पर्यटन क्षेत्रको सम्भावना उच्च रहेको पाइयो । यद्यपि बजार व्यवस्थापनको समस्या, प्रशोधन केन्द्र एवं शित भण्डारण केन्द्रको अभावमा कृषकहरुले समस्या भोग्नुपरेको देखियो ।अत: बजार व्यवस्थापन, प्रशोधन केन्द्र एवं शित भण्डारण केन्द्र स्थापना, निर्यात सम्भाव्य वस्तु तथा सेवाको विकास एवं विविधीकरण गर्न आगामी दिनमा थप कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । साथै, व्यापार तथा उद्योगमैत्री वातावरण निर्माण, निजी सरकारी साझेदारी, केन्द्र, प्रदेश, र स्थानीय सरकारको सहकार्य, बजार विविधीकरणमा विशेष जोड दिनुपर्ने देखियो ।

 

अनुगमन टोली र  उद्योग वाणिज्य संघका पदाधिकारीहरु, ओखलढुङ्गा उद्योग वाणिज्य संघ, ओखलढुङ्गा

 

सुनसरी जिल्लामा सम्पन्न अन्तर्क्रिया कार्यक्रमका अतिथिहरु

 

सुनसरी जिल्लामा सम्पन्न अन्तर्क्रिया कार्यक्रमका अतिथि एवं सहभागीहरु

 

अनुगमन टोली, उद्योग वाणिज्य संघको अध्यक्ष र कृषक, खोटाङ्ग

 

प्रकाशित मिति: २०७४/१२/२५