Government of Nepal
Ministry of Commerce
Singhadurbar, Nepal

भारतीय राजदूतावासका उपनियोग प्रमुख डा. श्री अजयकुमारबाट वाणिज्य मन्त्रालयका सचिव श्री चन्द्रकुमार घिमिरेज्यूसंग शिष्टाचार भेट

By MOC | 2017-11-14
To
काठमाण्डौ

यही मिति २०७४/०७/२८ गते काठमाण्डौस्थित भारतीय राजदूतावासका उपनियोग प्रमुख डा. श्री अजयकुमारले वाणिज्य मन्त्रालयका सचिव श्री चन्द्रकुमार घिमिरेज्यूसंग शिष्टाचार भेट गर्नुभयो ।भेटका क्रममा सचिवज्यू र उपनियोग प्रमुख वीच नेपाल र भारत वीचमा व्यापार र पारवहन क्षेत्रमा रहेको सहयोग र सहकार्यका विषयमा विस्तृत रुपमा छलफल भयो ।

छलफलका क्रममा वाणिज्य सचिवज्यूले हालका दिनहरुमा नेपाली व्यवसायीहरुले आयात निर्यातका क्रममा भैरहवा, वीरगञ्‍ज र विराटनगर भन्सार नाकाहरुमा भारत तर्फदेखिएको लामो ट्राफिक जाम, कोलकाता बन्दरगाहमा देखिएको नेपाली ट्राञ्‍जिट कार्गोहरुको अत्यधिक पेण्डिङ्गमा रहनु पर्ने अवस्थालगायतकाकारणबाट उत्पन्न समस्याहरुका विषयमाउपनियोग प्रमुखसंग छलफल गरी समस्या समाधान गर्न दूतावासको तर्फबाट भारत सरकारका सम्बन्धित निकायमा यथाशीघ्र आवश्यक पहल गर्न आग्रह गर्नु भयो ।

भेटघाटको सो अवसरमा वाणिज्य सचिवज्यूले बाढीका कारण क्षति भएका नेपालको पारवहनको लागि उपयोग हुने सडक, पुल लगायतका भौतिक संरचनाहरुको पुनः निर्माण र हालका दिनहरुमा कोलकाता/हल्दिया र भिषाखापटनम् पोर्टमा देखिएका समस्याहरुदूतावासको पहलमा छिटो समाधान हुने विषयमा आफू विश्‍वस्त रहेको बताउनुभयो ।

भारतीय राजदूतावासका उपनियोग प्रमुख डा. श्री अजयकुमारलेसचिवज्यूबाट छलफलका क्रममा अभिव्यक्त विषयहरुलार्इ आफूले गम्भीर रुपमा लिएको र समस्या समाधानका लागि दूतावासको तर्फबाट आवश्यक पहल हुने विश्‍वास दिलाउनुभयो ।

 

मितिः २०७४/०७/२८

वाणिज्य मन्त्रलय